इलाम ।
यातायात व्यवस्था सेवा कार्यालय इलाम लक्ष्य भन्दा बढी राजश्व संकलन सफल भएको छ । आर्थिक वर्ष २०८०÷८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले राजश्व सङ्कलन बृद्घि गरेको हो ।

_1751853734.jpg)
आर्थिक वर्ष २०८०÷८१ एघार करोड ३२ लाख ६१ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०८१÷८२ मा १३ करोड ८२ लाख ३ हजार पाँच सय १७ रुयैया संकलन गरेको कार्यालयले जनाएको छ ।
लक्ष्य १३ करोड भएपनि त्यो भन्दा बढि राजस्व संकलन गर्न कार्यालय सफल भएको हो । सवारी साधन बार्षिक कर तर्फ ९ करोड ९६ लाख तिन हजार चार सय ४२ रुपैया संकलन गरेको छ ।

_1736908732.jpg)
यस्तै सवारी दर्ता÷नामसारी÷नबीकरण मा ७२ लाख तिनहजार पाँच सय ५५ संकलन भएको छ व्यवसाय रजिस्टेशन दर्ता दस्तुरबाट १ लाख २८ हजार दुई सय रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
मैनालीका अनुसार २०८०÷८१ मा आयकर ३३ लाख ८६ हजार तिनसय पाँच रुपैया संकलन भएकोमा गत आर्थिक बर्षमा बढेर ३७ लाख ८५ हजार पाँच सय ९० पुगेको कार्यालय प्रमुख खग्रेन्द्र प्रसाद मैनालीले जानकारी दिए । अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २२ दशमलभ ३४ प्रतिशतमा बृद्वि कार्यालयले जनाएको छ ।

त्यस्तै आयकरमा ११ दशमलभ ७६ प्रतिशतमा बृद्वि भएको जनाएको छ ।
पशुपतिनगरबाट मात्रै १ करोड बढी राजस्व सङ्कलन
पशुपतिनगरमा रहेको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट १ करोड छ लाख १७ हजार तिस रुपैया राजस्व सङ्कलन भएको छ ।
इलाम सदरमुकाम स्थित कार्यालय र पशुपतिनगर बाट गरेर रुट पर्मिट र पटकेतर्फको राजस्व १ करोड तिस लाख ७२ हजार दुईसय तीस रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
कोशी प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको थियो ।
पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज भएको छ भने नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्र स्थापनाले सहजता थपेको हो ।