झापा
वैज्ञानिक डा. महावीर पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा यति बेला झापामा छन् ।

_1751853734.jpg)
उनी वीरगञ्जस्थित कृषी औजार कारखाना संचालनका लागि पुस्तक बिक्री गर्दै देश दौडाहमा निस्किने क्र्रममा झापा आइपुगेका हुन् ।
यहि क्रममा उनले झापाको बिर्तामोड स्थित आर्दश स्कुल अफ मेनेजमेन्टका विद्यार्थी तथा व्यवस्थापनलाई पुस्तक बिक्रि गरेका छन् । उनले एउटा महत्वपुर्ण लक्ष्य र योजनाका साथ आफु पुस्तक बिक्रि गर्दै देश दौडाहमा निस्किएको बताए ।

_1736908732.jpg)
पुस्तक बिक्रीका लागि ४३औं जिल्लाका रुपमा उनी झापा हुन् । देशका ७७ वटै जिल्लामा पुस्तक वितरण अभियान लैजाने उनले बताए।

व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको उनले स्पष्ट पारे । विरगन्जको कृषि औजार कारखानालाई पुनर्जीवित गर्ने अभियानका लागि पुस्तक बेचेर हिँडिरहेको विद्यार्थी समक्ष उनले बताए । उनले हाल सम्म २ लाख १५ हजार पुस्तक बिक्रि गरेको र सो बापत १२ करोड रुपैंया कलेक्सन भएको बताएका छन् ।
पुनले आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा उनका भोगाइ समेटेका छन्। उनको जीवनीका मुख्य अंश पुस्तकमा समेटिएको उनले बताए ।
कृषि औजार कारखानाको मर्मत गरिसकिएको र त्यसलाई सञ्चालनमा ल्याउन रकम अभाव भएकाले किताब बेच्दै पुन हिंडिरहेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आर्दश स्कुलले पनि पुस्तक खरिद गरेर सहयोग गरेको आर्दश स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले बताए । उनले राष्ट्रयको हितमा काम गरिरहेका पुनलाई सबैलाई सहयोग गर्न आवश्यक रहेको खरेलको भनाई छ ।
राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था खोलेर उनले नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्य राखेका छन्।
३० वर्षपहिले बन्द भएको कारखाना सञ्चालनमा ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सकनिे अठोट लिएर पुन अगाडि बढिरहेका छन् ।