झापा

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान असार महिनाको सर्वोत्कृष्ट प्रहरी ( बेस्ट  पुलिस अफ द मन्थ ) घोषित भएका छन् । 

चौहानलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक चौहानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगरसहित कार र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

त्यस्तै भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

यसैगरी झापा गाउँपालिका–४ मा चेकजाँचको क्रममा साइकलको चक्काभित्र १६७ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गर्न सफल भएका थिए ।

प्रहरी निरीक्षक चौहान झापाको मेचीनगर नगरपालिका ७ काँकरभिट्टा निवासी हुन । 

उनी  ८ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।   विगत ७ महिनादेखि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत चौहानले पछिल्लो समय लागू औषध तथा चोरी तस्करी नियन्त्रणमा अहम भूमिका निर्वाह गर्दै आएका छन्। 

प्रहरी निरीक्षक चौहानसंगै इलाका प्रहरी कार्यालय रानी ९सीमा० मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई पनि असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।