झापा, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । रोट ट्रायक क्लव अफ बिर्तामोडको सह आयोजना तथा बाह्रदशी गाउँपालिका ४ को व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो ।

बाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउन अध्यक्ष पुष्पान्जलि सिन्हा ठाकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोस अग्रवाल, वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियन्का कटुवाल, होम कार्की, अनिल सापकोटा, वाह्रदशी स्वास्थ्य शाखा प्रमुख राम शाह लगायतको आतिथ्यता रहेको थियो ।

क्लवका सचिव रोशन बुढाथोकीले सहजिकरण गरेको कार्यक्रमलाई अनिल सापकोटाले स्वागत गरेका थिए । प्रमुख अतिथि आलम सहित स्वास्थ्य शाखा प्रमुख साहले रोटरी क्लवले गरेको उक्त कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा क्लवकी अध्यक्ष सिन्हाले गर्व अवस्थाको सुरक्षा र हेरचार बारे गर्ववती महिलाहरुलाई सचेतना गराएकी थिइन् भने वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियन्का कटुवालले गर्व अवस्थामा आइपर्न सक्ने समस्या र त्यस्ता समस्या निराकरण सम्बधी प्रशिक्षण् प्रदान गरेकी थिइन् । २५ भन्दा बढी गर्ववती महिलाहरुलाई छुट्टाछुट्टै ओपिडी सेवा समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा ४ नम्बर वडाका ५० जना गर्भवती महिलाहरु सहभागी भएका थिए । उनीहरुलाई निःशुल्क पौष्टिक आहार समेत वितरण गरिएको थियो ।

यसैबीच डा। प्रियङ्का कटुवालले एक जना गर्भवती महिलाको शल्यक्रिया गर्नु पर्ने भएकाले उनको उपचार निःशुल्क गरिदिने घोषणा गरेकी छिन् ।