झापा :  बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा अमेरिकाबाट सहयोग  प्राप्त भएको छ । व्यवसायीको हक हितका लागि संघले सञ्चालन गरेको राहत कोष वृद्धिका लागि अमेरिका बस्तै आएका एक झापालीले सहयोग गरेका हुन् । बिर्तामोडमा लामो समय व्यवसाय सञ्चालन गरेका चुडा आचार्यले अमेरिकाबाट ४० हजार ६ सय ९९ रुपैयाँ सहयोग गरेको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए ।

व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा आचार्यले अमेरिकाबाट सहयोग गर्नु भएको छ कोषका संयोजक घिमिरेले भने – व्यवसायीको हितका लागि देशवासीले मात्र होइन विदेशबाट समेत सहयोग प्राप्त हुँदा कोषको लक्ष्य चाँडै पूरा हुने हाम्रो अपेक्षा छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ । कोषमा हालसम्म २२ लाख रुपैयाँ जम्मा भएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोडका पुराना व्यवसायी चुडा आचार्य र उहाँकी श्रीमती मन्दरा आचार्यले संघले स्थापना गरेको कोषका वारेमा थाहा पाएर अमेरिकाबाट पनि सहयोग पु¥याउनु भएको छ यसप्रति आभार व्यक्त गर्दछु ।