बिर्तामोड ।
केही सामुदायिक बनबाट प्रहरीकै संरक्षणमा काठ तस्करी हुँदै आएको आरोप लागेको छ । उपभोक्तालाई राहातमा वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हँुदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरुले आरोप लगाएका हुन् ।

_1751853734.jpg)
इलामको रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ्ग सामुदायिक बन लगायतका वनहरुबाट काठ तस्करी हुदै आएको आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको ‘हामी यस क्षेत्रका सचेत युवाहरुले तस्करी रोक्न विभिन्न प्रयत्न गरे पनि प्रहरी कै संलग्नताले पछिल्लो समय हामी बिरुद्ध नै धाक धम्की र फसाई दिने जस्ता अभिव्यक्तिले गर्दा आज हामी आम पत्रकार माझ हाम्रो ठाउँको बास्तबिकता उजागर गर्दै छौ ।’

_1736908732.jpg)
गत शनिवार अर्थात साउन ३ गते विहानको राती स्थानिय युवाको सकृयता र ससस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा १ बाट में १ ज ११६५ नम्बरको पिकअप गाडीमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरेर प्रहरीलाई जिम्मा लगाइएको थियो ।
तर, प्रहरी चौकी वर्फल्याङगकी असई छत्रा श्रेष्ठ सहितका प्रहरी र केहि राजनैतिक दलका नेताहरुले तस्करीमा संलग्नलाई उनमुक्ति दिनुका साथै सवारी साधन समेत छुटाउने खेल भईरहेको घटनाले स्थानिय सशंकीत भएका पत्रकार सम्मेलनमा बताइएको छ ।

उनीहरुका अनुसार उक्त घटनामा बनका पूर्व अध्यक्ष लक्ष्मीकान्त घिमिरेको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर छ । उनले आफुसँग ठूला नेता शक्ति केन्द्र चिनजान रहेको भन्दै यस्ता घटनाले केहि फरक नपर्ने अभिव्यक्तिले सचेत युवा थप सशंकित भएका पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
गलत क्रियाकलाप विरुद्ध चालेको अभियानमा जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजिन बन कार्यालय सुरुङगाले पनि चासो नदिदा समस्यामा पर्दै गएको पत्रकार उसम्मेलनमा उपस्थित स्थानीयले बताएका छन् ।
‘गाउँमा हामी पनि बिभिन्न पेशार व्यवसाय गर्दै आएका छौं, यस सन्दर्भमा देखाई दिने, तिमीहरुले केहि गर्न सक्तैनौ, हामीसँग पावर छ, हामी विरुद्ध लाग्नेलाई फसाई दिन्छौ जस्ता अभिव्यक्तिले कतै बिकृति विरुद्ध आवाज उठाउने हामीलाई फसाउने षडयन्त्र त भएको छैन ।’ जारी बिज्ञप्तिमा भनिएको छ ।
यतिका दिनसम्म घटनामा प्रत्यक्ष संलग्न असई माथि छानबिन नहुनु, तस्करमा संलग्न कानुनी दायरामा नआउनु, सामुदायिक बनले अहिलेसम्म चासो नदेखाउनुले तस्करीको जानो कहाँसम्म पौलिएको छ भन्ने आशंका गर्ने प्रशस्त आधार रहेको छ भन्दै पत्रकारहरुलाई एक पल्ट सो क्षेत्रमा स्थलगत अवलोकन गर्दै संवन्धित निकायको जवाफदेहिता खोजी गरिन दिन आग्रह गरिएको छ ।
विकृति विरुद्ध आवाज उठाउने हामी कसैलाई फसाउने खेल भएको पाइए त्यस विरुद्ध पनि सचेत भएर खबरदारी गरिदिन विकृतीका विरुद्ध स्थानिय बचेत युवाहरु अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा विकृतिका विरुद्ध स्थानिय बचेत युवाहरु दिनेश लामिछाने, नारदमणि दाहाल, कर्णबहादुर खड्का, सुशन विष्ट, कमल श्रेष्ठ, राम खड्का, मदन कार्की, तेजकुमार आचार्य, राजन गुरुङ (टार्जन), भवानी अधिकारी, श्याम ढकाललगायतको उपस्थिति रहेको थियो ।