मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बेलबारी सेवा केन्द्रले  पाँच लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साकोसको सेवा केन्द्रले आज ९बिहीवार० एक बितिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रमका बिच ऋण मिनाहा गरेको हो । 

सेवा केन्द्रले बेलबारी नगरपालिका–११ निवासी स्व। घाउरे धिमालको  निधनपछि  उनकी पत्नी पार्वती धिमाललाई ५ लाख ५ हजार,  स्व। रोनल मिश्रको निधनपपछि उनकी आमा  मिना कुमारी बुढाथोकीको ६० हजार र बेलबारी–४ निवासी स्व। किरण लिम्बुको निधनपपछि उनको पत्नी  रुपाकुमारी रानाको १५ हजार रुपैयाँ गरी जम्मा  ऋण ५ लाख ८० हजार रुपैयाँ मिनाहा गरेको छ । 

उनीहरुलाई चेक बेलबारी–११ कि वडा सदस्य तारा सुन्दासले हस्तान्तरण  गरेकी हुन्। ऋण सुरक्षा योजना अन्तर्गत उक्त रकम स्वीकृत गरिएको थियो ।  बेलबारी सेवा केन्द्र सहयोग उप–समिति सदस्य रीता दाहालको अध्यक्षता तथा वडा सदस्य तारा सुन्दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु सञ्चालक उप–समितिबाट तारा सुवेदी, सीतादेवी निरोला, सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ रहेका थिए ।  कार्यक्रममा  सेवा केन्द्रकी  प्रमुख सरिता गिरीले संस्थाको हालसम्मको बितिय अवस्था, सेवा केन्द्रको बितिय अवस्था, सदस्यले पाउने सेवा सुबिधाको बारेमा जानकारी गराएकी थिइन् । 

यस्तै कार्यक्रममा अनुगमन अधिकृत महेश तामाङले समसामयिक विषय र हाल सहकारीको अवस्था र परीवर्तित नीति नियमको बारेमा जानकारी गराएका थिए भने कर्मचारी रमेश  चौहानले ऋण र बचतको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी अन्जना खतिवडाले  गरेकी थिइन् । 

सोही कार्यक्रमका बिच जेष्ठ  सदस्यहरु रत्नमाया राई, मनमाया लिम्बू, धनमाया  बुढाथोकी, धनमाया राई, लालमती राई र मनमाया मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य  तारा सुन्दासले अन्य बित्तीय सस्था भन्दा सहारा नेपाल फरक रहेको र दुःखमा रहेका सदस्यहरुलाइ ऋण मिनाहा गरेर आर्थिक स्थिति मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताइन् । उनले अन्य सदस्यलाई पनि सहाराको सदस्य बन्न प्रेरीत  गरेकी थिइन् । साकोसले आफ्ना सदस्यहरूलाई सहज र सुरक्षित सेवाको प्रत्याभूति गराउने उद्देश्यले ऋण सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।