झापाको चारआली स्थित नेपाली सेनाको अरिदमन गणको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातको विदाई गरिएको छ।

 २१ महिनासम्म गणको जिम्मेवारी सम्हालेका  गणपति प्रमुख सेनानी  बस्न्यातलाई गणभित्र शुक्रबार हिजो साँझ एक भव्य कार्यक्रमका बीच बिदाई गरिएको हो । 

बस्न्यातको सैनिक मुख्यालय जंगीअड्डा काठमाण्डौ सरुवा भएको छ। 

 उनको ठाउँमा नेपाली सैनिक वार कलेज नगरकोटबाट प्रमुख सेनानी सरोज थापा आएका छन् । थापाले अरिदमन गणको १२ औं गणपतिको रुपमा कमाण्ड सम्हालेका हुन् ।

IMG-20250726-WA0012

नयाँ गणपति थापा, २१ नं बाहिनीका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन , झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन

लिम्बू , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तुलाराम भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक उमेश पाण्डेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र जनप्रतिनिधिले प्रमुख सेनानी बस्न्यातलाई खादा माला टोपी पहिर्याएर साथै मायाको चिनो प्रदान गरी विदाई गरेका थिए । 

कार्यक्रममा विदाई भएर गएका प्रमुख सेनानी बस्न्यात र नवआगन्तुक प्रमुख सेनानी थापाको जीवनीबारे संक्षिप्त बायोग्राफी समेत प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा नेपाली सेनाका कलाकारहरूले देशको संस्कृति भेषभुषा जातजातिको पहिचान झल्कने विभिन्न सन्देशमूलक गीतहरू तथा नृत्यहरू प्रस्तुत गरेका थिए।

झापा बसाइको क्रममा  गणपति सेनानी बस्न्यातले सुरक्षा निकाय प्रशासन विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गरेर समाजको क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरु उनको कार्यकालमा गर्न सफल भएका थिए।

उनले विभिन्न ग्रामीण क्षेत्रमा स्वास्थ्य ,वृक्षारोपण पुलपुलेसा खोलानाला तटबन्धन,विपत्तिमा सहयोग गायतका क्षेत्रमा उनले उल्लेख्य योगदान पुर्‍याएका थिए ।

सबैसँग मिलनसार र सहयोगी भावनाका बस्न्यातले झापा बसाइको क्रममा सबैको साथ सहयोग र माया पाएको भन्दै झापाको मायालाई सदैव सम्झने  बताए ।