मेचीनगर : मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।
मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा नम्बर ३ का महिलालाई जुलाई १ तारिख र अर्की महिलालाई १४ जुलाईमा उक्त संक्रमण भएको थियो । उनीहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको थियो ।

_1751853734.jpg)
स्वास्थ्य शाखाका अनुसार महिला उपचारपछि घर फर्किएका छन् भने महिलाको उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य हुँदै गएका गएको छ ।
आज नगरपालिकामा स्वास्थ्य शाखाको वैठकमा डब्ल्यूएचओकी काठमाडौँ प्रतिनिधि डा।सोनिया भगतले उक्त रोगको संक्रमण पुष्टि भएको बताएकी थिइन् ।

_1736908732.jpg)
डा।भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, प्रादेशिक अस्पताल भद्रपुरकी डा।संगीता साहले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।
छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले यो रोगको संक्रमण हुन नदिन स्वाथ्यकर्मीहरुलाई घर–घरमा पुगेर जनतालाई सचेतना र संक्रमणको लक्षण देखा परे समयमा नै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन अनुरोध गरेका थिए ।

संक्रमणको अवस्था जटिल बने डाक्टरहरुको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा व्यवस्था मिलाउन समन्वय गरिने उनीहरुको भनाई छ ।
छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर वस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखा लगायतका स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न, रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए ।
गत वर्ष उक्त रोगबाट मेचीनगर–७ का एकजनाको ज्यान गएको थियो । यसअघि यही रोगका कारण नेपालमा करिव २५ जनाको ज्यान गएको थियो ।