मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि वन क्षेत्रमा वन्यजन्तुको आहारा बढाउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण शुरु गरेको छ ।
वन्यजन्तुको आहारा बढाउने प्रजातिका बिरुवाको वृक्षरोपण वनले आज मंगलबारदेखि तीन दिने कार्यक्रम शुरु गरेको हो ।

_1751853734.jpg)
मानव वन्यजन्तु सहअस्तित्वको लागि वृक्षारोपणको आयोजना गरिएको समूहका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामुदायिक वनको ब्लक नं. १अन्र्तगत वन्यजन्तु संरक्षित क्षेत्र हात्ती आहालमा विभिन्न प्रजातीका पाँच हजार बिरुवा रोप्ने वनले लक्ष्य लिएको छ ।

_1736908732.jpg)
वनले आँप, केरा, बाँस, कटहर, हात्तीफल लगायत प्रजातीका बिरुवाहरु रोपेको छ । कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका कर्मचारी धनपति अधिकारी,अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका लेखा समिति सदस्य अर्जुन निरौला सहित उपभोक्ता, संघ संस्थाका प्रतिनिधि लगायतको बाक्लो सहभागिता रहेको थियो ।
वन क्षेत्रमा डिभिजन वन कार्यालय झापाको समन्वयमा २६ सय वटा श्वेत चन्दनको बिरुवा, डिभिजन वन कार्यालय झापाले उपलब्ध गराएको पाँच सय वटा विभिन्न प्रजातीका बिरुवा र मानव–वन्यजन्तु द्धन्द न्यूनिकरण समितिले उपलब्ध गराएको पाँच सय वटा बाँसको बिरुवा यस अघि नै रोपेको जनाइएको छ ।
