झापाको सुरुङ्गाबाट लागू औषध सहित दुईजना व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज सई सुवास ढुङ्गानाको नेतृत्वमा खटिएको टोलीले आज बिहान सुरुङ्गा बजारबाट लागु औषध सहित एक पुरुष र एक महिलालाई पक्राउ गरेको हो।

_1751853734.jpg)
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुली भिमा नगरपालिका १० बस्ने वर्ष २६ को विनोद विक र झापा गाउँपालिका ३ बस्ने वर्ष २४ को प्रेमकला महत्व रहेका छन् ।
उनीहरू सुरुङ्गाबाट हायस गाडीमा काठमाडौँ जान लाग्दा पक्राउ परेका हुन्।

_1736908732.jpg)
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उनीहरू पक्राउ परेको बताइएको छ।
उनीहरूको साथबाट प्रहरीले ३ सय ग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले जानकारी दिए।का विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
