बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुल, बिर्तामोड–३, झापाले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले झापाको प्रसिद्ध धार्मिक स्थल अर्जनधारा धाम (पूर्वको पशुपतिनाथ) मा अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
वुधवार अर्जनधारा धामको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । भ्रमण कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

_1751853734.jpg)
विद्यार्थीहरूले अर्जनधारा क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व र पर्यटकीय सम्भावनाको बारेमा प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए ।

_1736908732.jpg)
कार्यक्रमको समन्वय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले भ्रमणका क्रममा विद्यार्थीहरूलाई अर्जनधारा धामको धार्मिक सम्पदा, प्राचीन संरचना र क्षेत्रको सांस्कृतिक विविधताबारे जानकारी प्रदान गरिएको बताए ।
विद्यालयका शिक्षकहरू तथा व्यवस्थापन टिमको साथमा सम्पन्न भएको भ्रमणले विद्यार्थीहरूमा पाठ्यपुस्तक बाहिरको ज्ञान, सामाजिक बौद्धिकता र सांस्कृतिक मुल्यबोधमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ छ ।

यस्ता शैक्षिक भ्रमण कार्यक्रमहरूले विद्यार्थीहरूमा सक्रिय सिकाइ, व्यवहारिक ज्ञान र समूहमा काम गर्ने क्षमताको विकासमा टेवा पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले बताए ।
लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।
उनले लिङ्कन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।