झापा :  झापाको बिर्तामोड नगरपालिका–५ कंचन टोलस्थित एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा राजेन्द्र पंथाकको घरमा खोजतलासी गर्दा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनिको खाली भागमा कागजको कार्टुनले छोपी लुकाइएको अवस्थामाTramol-50 (Tramadol Hydrochloride Capsules I.P.) लेखिएको २०,००० क्याप्सुल बरामद गरिएको हो।

पक्राउ पर्ने व्यक्ति राजेन्द्र पंथाक, ४६ वर्ष, बिर्तामोड–५ निवासी हुन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।