झापा :  झापाको कमल गाउँपालिका–६ काटाचोकस्थित एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा घरधनी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोड निवासी गंगा बहादुर खड्का रहेका छन् । खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन्

Tramol-50 (Tramadol Hydrochloride Capsules I.P.) — ३,००० क्याप्सुल

Dicyclomine Hydrochloride Tablets I.P. — २,११० ट्याबलेट
SPASPAIN Tablets — २,०५० ट्याबलेट

प्रहरीले दुबै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान अघि बढाएको जनाएको छ