बिर्तामोड । झापाको बिर्तामोडबाट बुधबार राति प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बिर्तामोड–५ ट्राफिक बिटस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोकमा बस्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल

अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–२ थेचङ्गु घर भई बिर्तामोड–६ स्यालडाँगीमा बस्दै आएका ४२ वर्षीय भुपालकुमार कटुवाल र पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई हाल बिर्तामोड–५ किराँत चोकमा बस्दै आएका २९ वर्षीय मनकुमार कटुवाल छन् ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ थापाटार घर भई हाल बिर्तामोड–५ सगरमाथा टोलमा बस्दै आएका ४९ वर्षीय हमबहादुर थापा, झापाको धरमपुर घर भई हाल बिर्तामोड–५ बसपार्कमा बस्दै आएका ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर

नगरपालिका–३ लालीखर्क घर भई हाल बिर्तामोड–६ बुट्टाबारीमा बस्दै आएका ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ गाउँपालिका–७ धारपा घर भई हाल बिर्तामोड–५ बसपार्क बस्दै आएका ३५ वर्षीय ध्रुव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट खोलिएको ६ बुङ, नखोलिएको ६ बुङ तास र नगद एक लाख १४ हजार ५ सय ५५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट ४ दिन म्याद थप गरी आवश्यक कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।