भद्रपुर : भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल नजिक भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवक लागु औषधसहित पक्राउ परेका छन् ।
आज साँझ ५.४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा मे ७ प २८९१ नम्बरको मोटरसाइकल चालक सागर पौडेललाई शंका लागेर रोकेका थिए । पौडेल झापा भद्रपुर–७ गार्मेन्ट चोकका २९ वर्षीय स्थानीय हुन् ।
प्रहरीले चेकजाँच गर्दा उनले मलद्वारमा लुकाइ ल्याएको ब्राउन सुगर जस्तो देखिने लागु औषध ५.७० ग्राम फेला परेको हो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।