बिर्तामोड राउण्ड टेबलको ८औँ वार्षिक साधारण सभा इष्टाना रिसोर्ट, दार्जिलिङमा सम्पन्न भयो । अधिकांश सदस्यहरू आफ्ना परिवारसहित कार्यक्रममा सहभागी भए । शिक्षा, वातावरण र रक्तदान जस्ता सामुदायिक सेवामा सक्रिय बिर्तामोड राउण्ड टेबलले यस AGM मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

गत कार्यकालमा अध्यक्ष मनोज गोयल, उपाध्यक्ष बिकाश अग्रवाल, सचिव दीपक मित्तल र कोषाध्यक्ष रमन गोयलको सफल नेतृत्वको प्रशंसा गरियो । यस वर्षका लागि नयाँ कार्यकारिणीमा अध्यक्ष बिकाश अग्रवाल, उपाध्यक्ष रमन गोयल, सचिव साहिल अग्रवाल र कोषाध्यक्ष सुमित पेरिवाल रहेका छन् ।

बिर्तामोड राउण्ड टेबल, Round Table Nepal अन्तर्गतको एक सक्रिय टेबल हो, जुन Round Table International को सदस्य हो । Round Table International विश्वका ६० भन्दा बढी देशमा फैलिएको युवा पेशेवरहरूको गैर–राजनीतिक र गैर–धार्मिक संस्था हो, जसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु हो।