इनर ह्वील क्लब बिर्तामोड मिडटाउनले जिल्ला कारागार झापाका महिला कैदी बन्दीलाई आवश्यकीय सामग्रीहरू सहयोग गरेको छ।
तीजको अवसर पारेर क्लबले आज कारागारमै पुगेर
महिला कैदीबन्दी दिदीबहिनीहरूसँग तीज मिलन कार्यक्रम सहित आवश्यकीय सामग्री सहयोग गरेको हो।

क्लबको आयोजना र एबिसी नेपालको सहआयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल रहेका थिए।
त्यस्तै विशिष्ट अतिथिमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला रहेका थिए ।

सामाजिक उत्तरदायित्वलाई बहन गर्दै क्लबले महिला दिदीबहिनीहरूका लागि आवश्यक पर्ने सामग्री सहयोग गरिएको क्लबको अध्यक्ष लुना बस्नेतले जानकारी दिइन्।
क्लबले एक थान सिलाई मेसिन, एक थान वालफेन, ७५ पिस साडी, दुई बोरा चामल ,३००० पिस सेनेटरी प्याड थान कपडा ५० मिटर ,किताब सहित करिब ५० हजार मूल्य बराबरको सामान सहयोग गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

क्लबको अध्यक्ष लुना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमला पौडेलले गरेकी थिइन्।
कार्यक्रममा पूजा कलेक्सनकी पूजा अग्रवाल, मुनमुन अग्रवाल, रिचा अग्रवाल ,रेनु शर्मा विपिन बस्नेत लगायतले सहयोग गरेका थिए ।

_1751853734.jpg)
कार्यक्रममा कारागार प्रमुख विनोद आचार्य abc नेपालको अध्यक्ष कञ्चन ढकाल ,एकल महिला अध्यक्ष झापा रेखा अधिकारी ,आन्तरिक प्रशासन प्रमुख रिता राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ७५ जना महिला कैदीबन्दीलाई दरसमेत खुवाइएको थियो। साथै निशा गिरीको समेत उपस्थिति रहेको थियो ।