नेपाल उद्धमशील महिला सङ्घ झापाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

आज विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । 

IMG-20250813-WA0010

कार्यक्रममा स्वागत संस्थाको वरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डे र स्वागत गित निर्मला खरेलले गरेकी थिइन् । 

कार्यक्रमको सञ्चालन महासचिव  बिना थापा घिमिरेले गरेकी थिइन ।  

अध्यक्षता तथा कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाको अध्यक्ष  पार्वता खरेल  बिमलीले पारेकी थिइन । 

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको  प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मिश्र, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओम कृष्ण बिमली , नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई , विर्तामोड साना शहरी

खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्ष  मेघराज बास्तोला ,वितामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने ,मेचि उद्योग वाणिज्य संघ उपाध्यक्ष , निर्मला चौहान ,सञ्चारिका झापा अध्यक्ष लीला अनमोल लगायतले मन्तव्य राखेका थिए । 

IMG-20250813-WA0011 

कार्यक्रममा ओमकृष्ण बिमली लाई सम्मान गरिएको थियो ।  सरकारद्वारा  उद्योग तथा वाणिज्य क्षेत्रमा विशिष्ट योगदान गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बिमलीलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर प्रमुख अतिथि मिश्रले उत्कृष्ट नियातकर्ता बिमलीलाई सम्मान गरेका थिए।