सुनसरीबाट फरार रहेका कैदीलाई झापाबाट पक्राउ गरिएको छ ।
साउन २८ गते सुनसरी कारागारबाट पर्खाल नाघि फरार
भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका जिल्ला खोटाङ, दिप्रुङचुचुमा गाउपालिका वडा नं. २ बस्ने वर्ष २८ को रुपक पौडेललाई झापा जिल्लाबाट खटिएको सादा पोशाक सहितकाे प्रहरी टोलीले बिर्तामोड १० स्थित विराटपोखरबाट पक्राउ गर्न सफल भएको हो।
InShot_20250816_073452867

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाक सहितको प्रहरीको टोलीले आज बिहान ६ बजेतिर फरार कैदी पौडेललाई विराट पोखरामा हिँडिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

निज पक्राउ परेको कैदी रुपक पौडेललाई जिल्ला अदालत सुनसरीबाट  जबरजस्ती कसूरमा १३ वर्ष कैद ५ लाख जरिवाना र ३० हजार रुपैया क्षतिपुर्ति सजाय तोकिएको छ । उनी  सुनसरी कारागारमा सजाय भोगिरहेका थिए । भोगिरहेकै अवस्थामा कारागारको पर्खाल नाघेर फरार रहेका थिए।

थप अनुसन्धानको लागि पौडेललाई  जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तैयारी भइरहेको प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए।