झापा, २ भदौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य पदमा सरकारले झापा मेचीनगर वडा नं १० का महेश खनाललाई नियुक्त भएका छन् ।  

सहकारी क्षेत्रमा विकृति नियन्त्रण गर्ने र सहकारी पीडितलाई विधिवत प्रक्रियाबाट न्याय दिलाउने उद्देश्यसाथ सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो । प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने व्यवस्था छ ।

अध्यक्षमा यसअघिनै सरकारले खगराज शर्मालाई नियुक्त गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट एकजना कार्यकारी निर्देशक पदेन सदस्य रहने प्रावधान अनुरुप गुरुप्रसाद पौडेल अनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एक सहसचिव रहने प्रावधान बमोजिम मदन कोइराला पदेन सदस्य बनेका छन् ।

समितिमा मेचिनगरका खनालले चार्टर्ड एकाउन्टेन्टहरुको प्रतिनिधित्व गर्नेछन्, उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व रास्ट्रिय अध्यक्ष हुन् । त्यस्तै बिज्ञ सदस्यका रुपमा सरकारले नेपाल राष्ट्र बैंकका उपनिर्देशक रमेश चौलागाईंलाई नियुक्त गरेको छ।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्छ । प्राधिकरणले पूर्णता पाएसँगै सहकारीका बेथिति उपर अनुसन्धान तथा कारबाही प्रक्रिया अन अघि बढाइने भएको छ।