बिर्तामोड ।
नेपाल चेम्वर अफ कमर्स झापाले आज बिभिन्न प्रजातिका बिरुवा वितरण गरेको छ । ७५ औं बर्ष प्रवेश गरेको अवसर पारेर झापा शाखाले आज बुधवार विभिन्न प्रजातिका ७५ वटा विरुवा वितरण गरेको हो ।

_1751853734.jpg)
कमर्सले तराई जिल्लामा फल्ने नास्पाती, चार प्रकारका आँप, कागती, लिचीलगायतका विरुवा वितरण गरेको झापा अध्यक्ष तथा केन्द्रिय सदस्य ओमकृष्ण विमलीले जानकारी दिए । स्वागत सहित औचित्यमाथि प्रकाश पारेका विमलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी प्रमुख आतिथि रहेको थियो ।

_1736908732.jpg)
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, जिल्ला समन्वय समिति झापाी उपाध्यक्ष शान्ता रोक्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका झापा सचिव विरोध सुवेदीले गरेका थिए ।
सोही कार्यक्रमकाबिच कमर्सले महिलाहरुको महान पर्व हरितालिका तीज समेत मनाएको छ । महिलाहरुलाई तीजको अवसर पारेर दर खुवाएर नाचगान सहित चेम्बरले कार्यक्रम गरेको हो । तीज मिलन कार्यक्रममा नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली सहित अन्य महिला दिदिबहिनीहरुको उलेख्य सहभागिता रहेको थियो ।
