बिर्तामोड । 

विद्यार्थी माझ पठन पाठनमा अग्रताका साथै रचनात्मक कार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले तीज विशेष कार्यक्रम पृथक तरीकाले सम्पन्न गरेको छ। 

आदर्श स्कुलको आयोजना, सुरुवाती कोठा नेपाल झापा, बिर्तामोड नगर अस्पताल, बिर्तामोड नगर पालिका–३ लगायतको संयोजनमा छात्रा विद्यार्थीका लागि  प्रजनन स्वास्थ्य अधिकार र पाठेघरको मुखको क्यान्सर बारेको सचेतना तथा विबिध सास्कृतिक कार्यक्रम गरेर तीज विशेष कार्यक्रम मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथी  बिर्तामोड नगर पालिका–३ का वडाध्यक्ष मदन बुडाथोकीले विद्यार्थी हरुलाई नयाँ नयाँ सिकाईका कुरामा आदर्श स्कुल सधैं आगाडी रहेको बताए।

बिर्तामोड नगर अस्पतालका डाक्टर हेमन्त राठीर नर्सिङ इन्चार्ज ओम कुमारी गुरुङले प्रजनन स्वस्थ, गोपनियताको हक, पाठेघरको मुखको क्यान्सरको अवस्था, भाक्सिन, नगर अस्पतालले दिने सेवा सुबिधाको बारेमा छात्रा विद्यार्थीलाई जानकारी गराएका थिए । 

कलेजकी प्रकरण बिभाग प्रमुख अनुशा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कलेज शिक्षिका इन्दिरा खडकाले स्वागत गरेको कार्यक्रमको सन्चालन कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले  गरेका थिए ।