बिर्तामोड । 

नेपालको चर्चित गायन रियालिटी सो सारेगमप लिटल च्याम्स सिजन–२ को टप ८ मा पर्न सफल संस्कार सापकोटालाई भोट गर्न आग्रह गरिएको छ । झापा बिर्तामोड–५ निवासी सापकोटालाई भोट गरेर बिजय गराउन उनका पिता भरत सापकोटा र माता रत्नाकुमारी ओझा सापकोटाले आग्रह गरेका हुन् ।

बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई विजयी बनाउन भोटको आवश्यक रहेकाले संस्कारलाई  भोट गर्न आग्रह गरिएको हो । नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली भाषी बीच भएको प्रतिष्पर्धामा ३५ हजार प्रतियोगीलाई पछि पार्दै उनी टप ८ मा पुग्न सफल भएका छन् ।

बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकेका संस्कार बिर्तामोडस्थित न्यूटन एजुकेशन एकाडेमीका विद्यार्थी हुन् ।  उनलाई भोट गर्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सबै व्यवसायीलाई आग्रह समेत गरेका छन् । सप्तक संगीतालयका संस्थापक कुशल पौडेलले संस्कार अध्ययनसंगै गीत संगीतमा रुची राख्ने विद्यार्थी भएको र उनी संगीत क्षेत्रमा अब्बल बन्दै गएको बताए । उनले संस्कारलाई लिटलच्याम्प बनाउन भोटको आवश्यक रहेकाले सबैले भोट गरेर विजयी गराउन आग्रह गरेका छन् ।

उनलाई भोट गर्नका लागि नेपाल भित्र रहनेले खल्ती एप मार्फत  पजबतिष् दथ क्ष्ःभ्  मार्फत गर्न सकिने छ भने नेपाल वाहिर रहनेहरुले  पजबतिष्।अयm वेवसाइड मार्फत गर्न सकिने साथै आर्थिक सहयोग गरेर पनि उनलाई भोट गर्न सकिने संस्कारकी आमा रत्नाकुमारी सापकोटाले बताइन् । उनले अहिलेसम्म न्यूटन स्कूल, प्रणामी समुदाय, मारवाडी समुदाय, व्यवसायी, लगायतको साथ र सहयोग  रहेको बताउँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

पत्रकार सम्मेलनमा वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, जीवन खड्का, महासचिव कुशल खतिवडा, सचिव राजकुमार साह लगायत संघका पदाधिकारी सहभागी थिए । त्यस्तै  विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्व अनिल ढुङ्गाना, टहलदास ओली, भुपेन्द्र भण्डारी लागयतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सप्तक संगीतालयकी सञ्चालक आकृति खतिवडाले गरेकी थिइन् ।