श्री छठ समाज सेवा समिति बिर्तामोड झापाले आज कुशे औंशीको अवसर पारेर बिर्तामोड ५ स्थित आफ्नो घर आश्रम नेपालमा कपडा तथा खाद्यान्न वितरण गरेको छ।
एक कार्यक्रमका बीच आश्रममै पुगेर सेवा समितिले कपडा दाल ,चामल, चिउरा, भुजा, प्याज, खाने तेल, नुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो।

_1751853734.jpg)
सेवा समितिको अध्यक्ष संगीता रौनियारको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
वडाध्यक्ष प्रसाईले मानवताका हिसाबले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघसंस्थाहरूले आश्रममा रहेकाहरुलाई सहयोग गर्दै आइरहेको बताए ।

_1736908732.jpg)
उनले यस्ता मानवीय हिसाबले गर्ने सहयोगप्रति सबैलाई आभार सहित धन्यवाद समेत प्रकट गरेका छन् ।
आफ्नै पहलमा अभियान्ता विष्णु आचार्यसँगको सहकार्यमा विभिन्न व्यक्तिहरूसँग समन्वय र सरसल्लाह बमोजिम हाल आश्रम सञ्चालनमा रहेको जानकारी दिए।

कार्यक्रममा सेवा समितिका पूर्व अध्यक्ष घनश्याम चौधरी प्रमुख अतिथि रोहित प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सन्तोष शाहको संयोजकत्वमा सो सामग्रीहरू हस्तान्तरण तथा सहयोग गरिएको सेवा समितिले जनाएको छ।
एक वर्ष अगाडिदेखि झापा शाखाको रूपमा सञ्चालन गरिरहेको आफ्नो घर आश्रम नेपालमा हाल १० जना सडक आश्रित तथा मानसिक रोगबाट ग्रसित दाजुभाईहरु रहेका छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंले उपलब्ध गराएको एक तले निजी भवनमा एक वर्षदेखि सो आश्रम सञ्चालन भइरहेको आफ्नो घर आश्रम नेपाल झापा शाखाका सचिव विष्णु आचार्यले जानकारी दिए।
उनले हालसम्म ५० भन्दा बढी सडक आश्रित दयनीय कष्टकर जीवन बिताइरहेका ,मानसिक अवस्था बिग्रिएका व्यक्तिहरुलाई उद्धार गरेर आश्रममा ल्याइएको बताए ।
केहीलाई पारिवारिक मिलन गराएर परिवारको जिम्मा समेत लाइएको उनको भनाइ छ । उनले दाताहरूको सहयोगमाको खाद्यान्न लगायतको व्यवस्थापन भइरहेको बताउँदै सहयोगी दाताहरुलाई उनले धन्यवाद प्रकट गरेका छन् ।