झापा

ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं– २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण भएको छ।

उनी माथी हिजो शनिवार साँझ ६ः३० बजे ताप्लेजुङ फुङलिङ नगरपालिका –४ तोक्मेडाँडामा  ४–५ जनाको संख्यामा रहेका  युवाहरुको समूहले एक्कासि कुटपिट गरेको जनाइएको छ । 

उनी नेकपा एमालेका ताप्लेजुङ जिल्ला कमिटी सदस्य समेत हुन्।

आक्रमण गर्ने ती युवाहरुको परिचय खुली नसकेको  प्रहरीले जनाएको छ।

  सेन्दाङको घाँटीलगायत शरीरको विभिन्न भागमा चोट छ।  घाइते  सेन्दाङको  जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि झापाको बिर्तामोड स्थित बि एण्डसी अस्पतालमा ल्याइएको जनाइएको छ।

विषयमा थप अनुसन्धान भइरहेको र कुटपिटमा संलग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
घाइते सेन्दाङ पूर्व प्रहरी समेत हुन्। उनी लामो समय झापा जिल्लाका विभिन्न क्षेत्रमा रहेर काम गरेका व्यक्ति समेत हुन्।