बिर्तामोड, ११ भदौ । चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ ।


संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो ।

_1736908732.jpg)
त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ ।
बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्तोलालाई संघको सदस्यमा चयन गर्ने सर्वसम्मत निर्णय भएको सचिव एकराज प्रधानले बताउनुभयो । संघले नयाँ सदस्यता वितरण समेत गर्न लागेको उहाँले बताउनुभयो ।
