झापाको बिर्तामोड नगरपालिका ३ स्थित मेचि आँखा अस्पतालमा सार्वजनिक सुनवाई कार्यक्रम गरिएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिविदेन तयारीकालागि आज एक दिने अस्पतालको सभाहलमा सार्वजनिक सुनवाई गरिएको हो ।
अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहित औचित्माथि अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले गरेका थिए ।


बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा सचिव भिम अधिकारी, अस्पतालका लेखापाल आलोक श्रेष्ठ, प्रशासन साहयक महेश चापागांई, अस्पतालको स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन संस्थापक अध्यक्ष कविता कार्की कडरिया, वर्तमान अध्यक्ष होम धिताल , होटल व्यवसायीका प्रतिनिधि, प्रहरी प्रशासनका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

_1736908732.jpg)
अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाको बारेमा परियोजना बिज्ञ इन्जिनियर विजय के.सी.ले बताएका थिए ।
कार्यक्रममा राय सुझाब संकलन तथा छलफल गरिनुका साथै राय सुझाबको प्रस्तुति तथा प्रमाणीकरण गरिएको थियो ।

वि.स. २०५३ सालमा स्थापना भएको अस्पतालमा कोशी प्रदेशका जिल्ला सहित भारतको दार्जिलिङ, सिक्किम, बिहार र आसाम सहितबाट दैनिक उपचारकालागि आँखा अस्पताल बिरामी आउने गरेका छन् । बिरामी सहित आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र वातावरणलाई जोगाउन अहिले आँखा अस्पताललाई हराभरा बनाइएको छ । साथै आकर्षक र कलात्मक तबरले बगैंचा , बोट बिरुवा सहित सजावटका सामग्रीहरु समेत राखिएका छन् ।