झापा :  स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागिरहेको  ‘मिस्टर एण्ड मिन्स प्रोभिन्स १ सिजन ४ र लिटल ग्ल्याम्स सिजन २ को तयारी पुरा भएको आयोजकले जनाएको छ । 

सुन्दरता, प्रतिभा र आत्म विश्वासका रुपमा व्यक्तिमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा।लि।का कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए ।  प्रतियोगताको तयारी पुरा भएको र यहि आउंदो  शनिवारबाट अडिसन शुरु हुने प्रा.लि.का कार्यकारी अधिकृत  राजवंशीको भनाई छ । उनले  अडिसन होटल लोटसमा हुने जानकारी दिए । 

१५ देखि २२ वर्ष उमेर समूहका युवाले ‘मिस्टर एण्ड मिन्स प्रोभिन्स १ सिजन ४  प्रतियोगितामा सहभागी बन्न सक्ने र लिटल ग्ल्याम्स सिजन २ का लागि ५ देखि १४ वर्ष उमेर समूहका वालवालिकाले सहभागीता जनाउन सक्ने कजनाइएको छ । 

 प्रतियोगितामा सहभागीहरुले व्यक्तिगत विकास, भोजन सिस्टाचार, सार्वजनिक रुपमा भाषण गर्न सक्ने, व्यवसायिक तालिम र ग्रुमिङ, मिडिया एक्पोज र फोटो सुट, सेलिब्रेटी परामर्श, फेसन र मनोरञ्जनमा करिअर डेभलप गर्न सक्नेछन् भने नेतृत्व किासमा समेत सहयोग पुग्ने भएका कारण मौकाको फाइदा उठाउन आयोजकले जनाएको छ । 

 प्रतियोगिताका विजेताहरूले नगद पुरस्कार नपाए पनि मिस्टर एण्ड मिस सुपरनेशनल नेपालमा सिधै प्रवेश पाउनेछन् । साथै  ट्रफी, मेडल , प्रमाणपत्र  हात पार्ने छन्  । ओझेलमा परेका र मौका नपाएकाहरुले यो प्रतियोगितामा भाग लिएर लाभ लिन सक्ने आयोजकको भनाई छ ।