झापाको बिर्तामोडमा दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई  लक्षित गरेर सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्श दिइने जनाइएको छ ।

पूर्वमै पहिलो पटक विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा झापाको बिर्तामोडबाट दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन लागिएको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।

बिर्तामडको सुवेदी एण्ड एसोसिएट  र राइट एजुकेशनल सर्विसेज प्रालिको संयुक्त आयोजनामा यही भदौं २४ गते बिर्तामोडको सिद्धार्थ होटलमा एक दिने सेमिनार आयोजना गरिएको  सुवेदी एण्ड एसोसिएटका प्रबन्ध निर्देशक रोशन सुवेदीले जानकारी दिए।

सेमिनारमा दक्षिण कोरियामा रहेका विश्वविद्यालयको सम्पूर्ण कुराहरूको विषयमा अभिभावक र विद्यार्थीलाई जानकारी प्रदान गरिने बताइएको छ।

सेमिनारमा दक्षिण कोरियाका दुई वटा युनिर्भसिटीका प्रतिनिधिहरुले ती बिद्यालयका बिषयमा बिद्यार्थी र अभिभावकलाई त्यहाँको रहनसहन, वातावरण अवस्था र नियमकानुनका बिषयमा परामर्श दिने राइट एजुकेशनल सर्विसेज प्रालिका प्रवन्ध निर्देशक नबिन बोहोराले जानकारी दिए । 

दक्षिण कोरियाको ह्युपसुङ्ग युनिर्भसिटी (Hyupsung University) र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटी (Chungbuk Health & Science University) का प्रतिनिधिहरुले सेमिनारमा परामर्श दिने बताइएको छ

सेमिनारमा ह्युपसुङ्ग युनिर्भसिटीका एडमिशन मेनेजर लि थोङ्ग हुन र इन्टरनेशनल एडमिशन अफिसर चुङ्ग मियोन र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटीका प्रोफेसर लि मियेले परामर्श दिनेछन् ।

पछिल्लो समय दक्षिण कोरियामा पनि उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको आकर्षण बढेको छ ।