विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ ।
घाइते भएपछि उनीहरूलाई धरान लगिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ ।


सोक्रममा सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको प्रहरीले जनाएको छ । उनको गालामा चोट छ । इटहरी उप महानगरपालिकाको कार्यालयभित्र आगजनी र तोडफोड भएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनमा उत्रिएकाहरू पछाडि नहटेपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ ।
कर्फ्यू आदेश हुँदा पनि आन्दोलनकारी नहटेपछि गोली चलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए । उनले मृत्युको भने पुष्टि गरेका छैनन् । उनले केही घाइते भएको जानकारी आएको बताए ।

_1736908732.jpg)
