झापा
जिल्ला प्रशासन कार्यालय झापाले कफ्र्यू आदेश जारी गरेको छ । प्रशासन कार्यालय झापाले बिर्तामोड नगपालिकाभित्र आज चार किल्ला तोकी कफ्र्यू आदेश जारी गरेको छ ।


जेनजी पुस्ताका नाममा भएको प्रदर्शन बिर्तामोडमा पनि अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो ।

_1736908732.jpg)
पुर्वमा बिर्तामोड बस पार्क छिर्ने मोड, पश्चिममा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोडसम्म कफ्र्यू आदेश जारी गरिएको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते राती ८.३० देखि २४ गते बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए । आज बिर्तामोड र दमकमा आन्दोलनकारीले दमक नगरपालिका र बिर्तामोड नगरापालिकामा तोडफोड गरेका थिए । आन्दोलनकारी र प्रहरी समेत घाइते भएका छन् ।