झापा : झापा बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ ।
आज साँझ इन्सास थान–१, म्याग्जिन थान–१, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको हो । उक्त हतियार भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।









































