बिर्तामोड
कियाले बिर्तामोडमा आफ्नो नयाँ शोरूम आधिकारिक रूपमा उद्घाटन गरेको छ । नेपालका लागि एकमात्र अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लिले
संचालनमा ल्याएकाे किया शोरुमकाे आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएकाे छ ।
सोरूमको उद्घाटन कन्टिनेन्टल ग्रुपकी निर्देशक रेखा घिमिरेले गरेकी हुन् ।

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका उप-महाप्रबन्धक मनजीत पोखरेल, मार्केटिङ प्रमुख विवेक लेखक, सेवा प्रमुख अमित चौधरी, मार्केटिङ अफिसर निरात न्यौपाने, किया गैरिधारा सहायक प्रबन्धक राकेश विश्वकर्मा, बिर्तामोड सोरूम प्रबन्धक ममता रजबंशी , कुशल लामिछाने बिराटनगर किया शोरूम
प्रबन्धक, तथा किया बिर्तामोड शोरूम टिमका सदस्यहरू, एनवाई ईएफका निबर्तमान अध्यक्ष प्रबेश बस्नेत, बर्तमान अध्यक्ष गणेश पाैडेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस साेरूमकाे उद्घाटनसँगै बिर्तामोड शोरूमको पूर्ण सञ्चालन अब नेपालका लागि एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. ले सम्भाल्ने भएको छ।
यो परिवर्तनले स्थानीय ग्राहकहरूलाई अझ एकीकृत र विश्वसनीय ब्रान्ड अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
नयाँ बिर्तामोड शोरूमले ग्राहकहरूलाई आधुनिक तथा लोकप्रिय किया मोडेलहरू एउटै छानामुनि उपलब्ध गराउने जनाएकाे छ। साथै, अझ सुव्यवस्थित सेवा सुविधा र सुधारिएका टचप्वाइन्टहरू मार्फत ग्राहकहरूको सम्पूर्ण यात्रालाई सहज बनाउने लक्ष्य राखेको छ।

यो शोरुमको पुनः सञ्चालनको प्रमुख आकर्षण भनेको सम्पूर्ण महिला सञ्चालित अटोमोबाइल शोरूम टोली को सुरुवात हो, जसले नेपालको अटोमोबाइल उद्योगमा समावेशी कार्यस्थलको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटनसँगै, बिर्तामोड शोरूममा डिसेम्बर ८ देखि १० सम्म किया एक्सचेन्ज क्याम्प पनि सञ्चालन भइरहेको छ, जहाँ ग्राहकहरूले आफ्नो सवारी सटही गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्ने बिर्तामोड सोरूम प्रबन्धक ममता रजबंशीले जानकारी दिईन ।
कार्यक्रममा कियाले सोनेट एच.टि.ई र सेल्टोस एच.टि. के (ओ) भेरियन्टहरू पनि सार्वजनिक गरेकाे थियाे । जसले विभिन्न ग्राहक आवश्यकता अनुसार मोडेलहरूको विकल्प विस्तार गर्ने ब्रान्डको प्रतिबद्धता देखाउँछ।

कियाले ग्राहक सेवा र दीर्घकालीन प्रतिबद्धतालाई प्राथमिकता दिँदै नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै आएको जनाईएकाे छ।

बिर्तामोड शोरूम अब नयाँ उत्साह, नवीन सोच, र 'मुभमेन्ट ड्याट इंस्पायर्स' को भावनासहित ग्राहकहरूलाई स्वागत गर्न तयार रहेकाे समेत बिर्तामोड सोरूम प्रबन्धक रजबंशीले बताईन ।









































