झापा

निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ ।

 संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई नगरपालिका लक्ष्मीपुस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट वितरण गरेको हो । 

संघका अध्यक्ष रमेश अधिकारी, निवर्तमान अध्यक्ष मिलन वस्नेत, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सहकोषाध्यक्ष सुरेन्द्र धिमाललगायत पदाधिकारी–सदस्यहरुले आज विहान ती विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा झापाका निर्माण व्यवसयीहरुको उल्लेख्य सहभागिता थियो ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ र हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्रयाकसुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

nirman1

निर्माण व्यवसायी संघ झापाले विगतदेखि नै व्यावसायिक हकहितका क्रियाकलापसँगै सामाजिक कार्यहरुलाई पनि प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताउँदै संघका अध्यक्ष रमेश अधिकारीले आर्थिक रुपमा कमजोर र असहाय वर्गका अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालय छानेर यस वर्ष न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।

संघले निर्माण दिवस मनाउने सन्दर्भमा निर्माण क्लवको संयोजनमा कनकाईस्थित धनुषकोटीधाममा वनभोजसमेत आयोजना गरेको थियो । वनभोजस्थलमा अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

क्लवका संयोजक डम्बर फुँयलले स्वागत र सदस्य हेडम्बराज निरौला सञ्चालन गरेको समारोहमा महासचिव प’ष्पराज निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 

सो अवसरमा प्रमुख अतिथि अधिकारीले केही वर्षयता निर्माण व्यवसायीहरु पीडामा रहे पनि सामाजिक सेवाकार्यमा सधैँ क्रियाशील रहने गरेको बताए । उनले सिथिल अर्थतन्त्रलाई उकास्दै विकास–निर्माणका गतिविधिलाई तीव्र रुपमा अघि बढाउन सरकारसँग आग्रह पनि गरे ।

सो अवसरमा मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यहाँ हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो फ्याँक्ने खेल सञ्चालन गरिएको संघका सदस्य दिनेश मैनालीले जानकारी दिए ।