प्रहरीले भन्सार छली गरेर ल्याईएकाे सुर्ति र सुर्ती जन्य बस्तु बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय झापा र ईप्रका बिर्तामाेडबाट खटिएकाे टाेलीले बिर्तामाेडबाट आज सुर्ति र सुर्ती जन्य बस्तु बरामद गरेकाे हाे ।
सिटि रिक्सामा ल्याईएकाे बसुन्धरा चुक अमिलाे १०१ बाेतल, दिपक बिडि ८० बन्डल, सुपर पावर खैनी ५० बन्डल, सुर्ती ३७५ बन्डल अन्दाजी १ लाख ३ सय ५० रूपैंया बराबरकाे सामान बरामद गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
बरामद गरिएकाे सामान मेचि भन्सार बुझाउने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यलय झापाले चाेरी पैठारी नियन्त्रणमा कडाई गरेर काम गरिहेकाे छ । दुई दिन अघि मात्र प्रहरीले भन्सार छलेर भित्र्याईएकाे ४१७ केजी माछा समेत बरामद गरेकाे थियाे ।










































