काठमाण्डौ – भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्नुपर्ने बाध्यता भएको बताएका छन् । 

पूर्वाधार पत्रकार समाजले काठमाण्डौमा आज गरेको कार्यक्रममा मन्त्री घिसिङले अब नबन्ने ठेक्का तोड्दै जाने चेतावनी दिए । उनले अनुसार नतिजा आउने गरी काम गर्नकै लागि पनि रुग्ण ठेक्का तोड्नुपरेको हो ।

मन्त्री घिसिङले नतिजा दिन नसक्ने अवस्थामा आयोजनाका जिम्मेवार पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।  बजेट खर्च गराउने काममा अर्थ मन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उनको  भनाइ छ ।

मन्त्री घिसिङले निर्माण व्यवसायीमा धेरै समस्या रहेको भन्दै रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुनेमा जोड दिए ।