आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ / ८३ को ४ महिनामा ९६ करोड ३३ लाख ७७ हजार रुपैंया राजश्व संकलन गरेको हो । कार्यालयले ८९ .४ प्रतिशत राजश्व संकलन गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत गोपाल कुमार थापाले कात्तिक महिनामा मात्र कार्यालयले लक्ष्य अनुरुपको कर उठाउन सफल भएको छ । कार्यालय प्रमुख थापाका अनुसार १० करोड ८१ लाख ६२ हजार लक्ष्य रहेकोमा ९६ करोड ३० लाख ७७ हजार रुपैंया राजश्व संकलन भएको हो । अर्थात लक्ष्यको तुलनामा ९९।८७ प्रतिशत राजश्व संकलन भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत गोपाल कुमार थापा
कार्यालयले आयकरबाट ३४ करोड ३३ लाख ३९ हजार रूपैयाँ, बाहलकर बापत १ करोड १६ लाख, ब्याजबापत २ करोड ९२ लाख १३ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ३३ करोड २३ लाख ३४ हजार अन्तःशुल्क बापत २४ करोड १८ लाख पचास हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी र करदाता शिक्षा प्रदान साथै ब्यवसायीलाई मोटिभेषन गरिरहेको प्रमख कर अधिकृत थापाले बताए। उनका अनुसार स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन लगायतका गतिविधि कार्यालयले गरिरहेको छ ।










































