झापा :  झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा एक महिला मृत फेला परेकी छन् ।

आज बिहान अन्दाजी ९स२० बजे खोलाको दोभानमा शिवसताक्षी १० जीवनटोल बस्ने ६२ वर्षीया बिमला माझी पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रकृयापश्चात् शव पोष्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।