इलाका प्रहरी कार्यालय इलाम जिल्ला स्थित पशुपतीनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) जिवन कुमार कार्कीले नागरिकको मन जित्दै गएका छन् । समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न र नागरिक र प्रहरीबीचको साझेदारी, सहकार्य तथा समन्वय गर्दै सई कार्कीले नागरिकको मन जित्न सफल भएका हुन् ।
प्राकृतिक विपत्ति र जोखिमका बेला सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्दै जनताको मन मष्तिस्कमा बस्दै आएका कार्की जागिरको दौरानमा जहां जहाँ पुग्छन् , त्यहां उनले आफ्नो बेग्लै पहिचान बनाउंछन् ।
उनले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । आफ्नो काम, कर्तव्य र अधिकारलाई सहि तबरले सदुपयोग गर्दै सई कार्कीले अपराध नियन्त्रणमा उल्लेख्य कार्य गरिरहेका छन् । देश र समाजप्रति सदैव सकारात्मक सोचका धनी सई कार्की प्रहरी संगठनमा उत्कृष्ट काम गरेकै कारण केन्द्रबाट सम्मानित भइसकेका छन् ।
धनकुटा जिल्ला स्थित भेडेटार तत्कालिन अवस्थामा इप्रकामा कार्यरत प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घाषित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट पुरस्कृत समेत भइसकेका प्रहरी हुन् । सई कार्कीको सक्रियतामा धनकुटाको भेडेटारमा तरकारी बोक्ने मिनीट्रक, बिरामी बोक्ने एम्बुलेन्स, तेलको ट्याङ्कर लगायतमा लुकाई छुपाई लाँदै गरेको अवस्थामा मानिस सहित ठूलो परिणामको लागूऔषध बरामद भएको थियो ।

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा प्रहरी नायव निरीक्षक कार्की प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार ग्रहण गर्दै
त्यती मात्र होइन कोशी प्रदेशमा लागू औषध नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी नायव निरीक्षक कार्कीलाई उत्कृष्ट लागू अौषध अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कार समेत प्रदान गरिएको थियो । ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा तत्कालीन प्रहरी नायव निरीक्षक कार्कीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरेका थिए । उनले त्यहाँ रहँदा गरेको कार्य सम्पादनका आधारमा प्रहरी प्रधान कार्यलयले उनलाई पुरस्कृत गरेको हो ।

धनकुटाको साँघुरीगढी गाँउपालिकामा पर्ने भेडेटारमा तरकारी लोड गरी रोकिराखेको मिनीट्रकबाट ५ सय ४४ किलोग्राम लागुऔषध गाँजा बरामद , साथमा प्रहरी नायव निरीक्षक कार्की

कार्कीले जिल्ला ट्रफिक प्रहरी कार्यलय झापामा रहँदा पनि उत्कृष्ट कार्य सम्पादन गरेर सबैको मन जितेका थीए । उनी प्रहरी संगठनमा अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

गत मंसिर १६ गते मात्र इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत सई कार्कीले एक दयनीय अवस्थाकी एक बृद्ध आमालाई उद्धार गरेर माइती नेपालको संरक्षणमा पुर्याएका थिए । जुन उनले गरेको मानविय कार्यको पनि ठुलो चर्चा भयो ।

मिलनसार , सहयोगी र सकारात्मक सोच भएका सई कार्कीले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरी सङ्गठनको छविमा सकारात्मक प्रभाव पारिरहेका छन् । २०५५ सालबाट कार्कीले प्रहरीको जागिर सुरु गरेको बताइन्छ ।











































