प्रहरीले भन्सार छली गरेर ल्याईएकाे किराना सामान बरामद गरेकाे छ ।
ईप्रका बिर्तामाेडबाट खटिएकाे सादा पाेशाक सहितकाे प्रहरी टाेलीले बिर्तामाेडबाट हिजाे मङ्लबार साँझ खाधयन्न लगायत बरामद गरेकाे हाे ।
भारतबाट ल्याईएकाे बिस्कुट, चिनि, लेज, दाल, साबुन लगायत करीब ३ लाख ३२ हजार मूल्य बराबरकाे सामान पक्राउ गरेकाे हाे । बरामद सामान मेचि भन्सार बुझाउने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ ।
दुई दिन अघि मात्र प्रहरीले बिर्तामाेडबाटै सिटि रिक्सामा ल्याईएकाे बसुन्धरा चुक अमिलाे १०१ बाेतल, दिपक बिडि ८० बन्डल, सुपर पावर खैनी ५० बन्डल, सुर्ती ३७५ बन्डल अन्दाजी १ लाख ३ सय ५० रूपैंया बराबरकाे सामान बरामद गरेकाे थियाे ।










































