झापाकाे बिर्तामाेड ६ स्थित एभरेस्ट स्माट एजुकेशन एकाडेमीकाे  बार्षिक खेलकुद  उत्सब २०८२ सुरू भएकाे छ । 

 आज बुधबारबाट सुरू भएकाे एभरेस्ट स्माट स्पाेट मिटकाे एक कार्यक्रमकाबिच  प्रमुख अतिथि प्यावसन झापा अध्यक्ष छत्र अधिकारीले मसाल प्रज्वलित गरेर  उद्घघाटन गरेका छन् । विद्यार्थीले मार्च पास समेत गरेका थिए । स्पाेट मिट  २६ गते समापन हुनेछ । 

विद्यालयका प्रबन्ध निर्देशक तथा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  स्वागत विद्यालयका माध्यमिक तहका ईन्चाज तेजेन्द्र काेईरालाले गरेका थिए । 

20251210_114810

स्पाेट मिटमा कक्षा नर्सरिदेखी कक्षा १० सम्मका विद्यार्थी सहभागी छन् । स्पाेट मिटमा १२० वटा बढि बिधाहरू समाबेश रहेकाे बताईएकाे छ । 

प्रिन्सिपल अनुप शर्माले कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पार्दै विद्यार्थीलाई पढाईकाे अलवा अतिरिक्त क्रियाकलापमा विद्यालयले जाेड दिंदै आएकाे बताए ।

20251210_115011

 उनले विद्यार्थीकाे अन्तर निहित क्षमतालाई निख्खार ल्याई उनीहरूकाे आत्मबिश्वास बढाउन बार्षिक खेलकुद प्रतियाेगिता गरिंदै आएकाे उल्लेख गरे । 

त्यस्तै विद्यालयकाे संस्थापक तथा संरक्षक  धर्मा पराजुली प्रसाईंले खेलकुदले बिद्यार्थीलाई, अनुशासित बनाउन, सकारात्मक साेचकाे बिकास गर्न र उनीहरूकाे अन्तर निहित क्षमतालाई बाहिर ल्याउन मद्दत पुग्ने धारणा राखिन । 

20251210_114734

कार्यक्रममा प्रमुख अतिथि अधिकारी, बिर्तामाेड ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा , बिर्तामाेड नगर शिक्षा युवा तथा खेलकुद शाखाकाे अधिकृत जानुका रेग्मी  , हिसान उपाध्यक्ष  अध्यक्ष उत्तम खनाल, प्यावसन नगर अध्यक्ष सुरेन्द्र खनाल लगायतले शुभकामना मनतब्य राखेमा थिए । 

कार्यक्रममा न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुंमागाई, हिसानका काेषाध्यक्ष रन्जित शाह,  विद्यालय व्यवस्थापन समिति सदस्य देबी गिरी , बालबालिका तथा शिक्षा सन्चार मंन्चका अध्यक्ष सराेज पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे । 

कार्यक्रमकाे सन्चालन विद्यालयकाे बाल क्लब फाेकल पर्सन तथा शिक्षक तृष्णा अधिकारीले गरेकी थिईन ।