सूर्योदय
सूर्योदय नगर कार्यपालिकाको कार्यालय फिक्कल, इलामले प्र.ना.नि. जीवनकुमार कार्कीलाई सम्मान गरेकाे छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत प्र.ना.नि. कार्कीलाई हिजाे बुधबार नगरपालिकाले एक भब्य समाराेहकाबिच प्रशंसा पत्र प्रदान गरेकाे हाे ।

सूर्योदय नगरपालिकाको आ.व. ०८२/८३को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८२।०८।०९ देखि २०८२।०८।२४ सम्म सञ्चालन भएको "लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान" सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग, समन्वय र सहजीकरणप्रति कृतज्ञता व्यक्त गर्दै सई कार्कीलाई प्रशंसा पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएको हाे।

समुदायमा लैङ्गिक समता, न्याय र सवेदनशीलता प्रवर्द्धन गर्न कार्कीले खेलेकाे भुमिका , समर्पण, नेतृत्व र प्रतिबद्धताको उच्च मूल्यांकन गर्दै दुर्गा कुमार बराल का.बा. नगर प्रमुख सूर्योदय नगरपालिका र चित्रकला बराइली विशेष अतिथि उपप्रमुख, जिल्ला समन्वय समिति, इलामले उनलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
उनले सम्मान पश्चात देश, समाज र नागरिकप्रति सदैव इमानका साथ लाग्ने र अपराध न्युनिकरण शुन्यमा झार्न भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।










































