मुद्रण उद्योग संघ झापाकाे आठाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
पर्यटकीय क्षेत्र कन्काई नगरपालिका स्थित जामुनखाडीमा आज शनिबार वनभाेज सहित संघकाे आठाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
नेपाल मुद्रण उद्योग संघकाे केन्द्रीय उपाध्यक्ष युवराज डाँगीकाे प्रमुख आतिथ्यता तथा संघकाे अध्यक्ष राेहित भट्टराईकाे अध्यक्षता साधारणसभा भएकाे हाे ।

कार्यक्रममा संघकाे प्रथम अक्षयकाेष स्थापनामा ५० हजार सहयाेग गर्ने दाता टीका भट्टराई नेपाल र मनकामना स्टेसनरी एण्ड छापाखानकाे सन्चालक तारा श्रेष्ठ, त्यस्तै अक्षयकाेष स्थापनार्थ सहयाेग गर्ने दाता राेहित भट्टराई , गाेविन्द निराैला, बिनाेद दाहाल, भानुभक्त खनाल, पुण्यप्रसाद खतिवडा, रमेशकुमार बस्नेत, बिष्णु ईङनाम, राजु पाेखरेल, बिष्णु बराल, राजकुमार शाह (राजु), याम थुलुङ, अर्जुनबहादुर थापा, टंकप्रसाद निराैला, नारायण मण्डल , भिष्मराज राजवंशीलाई प्रशंसाा पत्र प्रदान गरिएकाे थियाे ।
संघका उपाध्यक्ष कृष्ण राई ( याम थुलुङ) ले स्वागत गरेकाे कार्यक्रमकाे सन्चालन संघकाे सचिव भानुभक्त खनालले गरेका थिए ।
संघले बनभाेज कार्यक्रम समेत आयाेजना गरेकाे छ ।










































