झापाको बिर्तामोड-५  स्थित न्युटन्स एजुकेशन एकेडेमीको  प्रि प्राईमरीका विद्यार्थीकाे विविध खेलकुद प्रतियाेगिता समापन भएकाे छ । 

२२ औँ वार्षिक विद्यालय खेलकुद कार्यक्रम अन्तरगत आज आईतबार नर्सरी, एलकेजी र युकेजीका नानीहरूकाे 

खेलकुद कार्यक्रम समापन भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि नारी सन्चार गृहकाे अध्यक्ष स्वस्तिका आचार्य , बालबालिका तथा शिक्षा सन्चार मन्च झापाका संयाेजक सराेज पाैडेल , विद्यालयकाे निर्देशक आशिस प्रसाईं, लगायतले शुभकनमना मनतब्य राखेका थिए । 

20251214_111802

स्वागत प्रि प्राईमरी इन्चार्ज शिक्षक साबित्रा चापागाँईले गरेकाे कार्यक्रमकाे सन्चालन  शिक्षक पवित्रा पाैडेलले गरेकी थिईन । 

 विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पार्दै स्कुलका प्रिन्सिपल देबेन्द्र हुमागांईले शैक्षिक अध्ययनसँगै शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक रहेकाले विद्यार्थीकाे अन्तर निहित क्षमतालाई प्रस्फुटन गर्न प्रत्येक बर्ष यस्ता प्रतियाेगिता गरिंदै आएकाे बताए । 

20251214_120659

 प्रिन्सिपल  हुमागाईले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, प्रतिस्पर्धा भावना तथा नेतृत्व क्षमताको विकासमा मद्दत गर्ने बताउँदै विद्यालयले सिकाई सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आएको उल्लेख गरे । 

20251214_113016

 कार्यक्रममा उत्कृष्ट प्रदर्शनका साथ प्रथम, दाेस्राे र तेस्राे हुने विद्यार्थीहरूलाई मेडल  तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।