झापा । 

जेनजी आन्दोलनका क्रममा फरार रहेका थुनुवा बिर्तामोडबाट पक्राउ परेका छन् । झापा बिर्तामोड  नगरपालिका–२ चैतुवारीबाट आज आइतवार फरार थुनुवा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका लागुऔषध सम्बन्धिको चालु मुद्दाको प्रतिवादी बिर्तामोड–२ का २८ बर्षीय किरणकुमार राजबंशीलाई पक्राउ गरेको हो ।  

फरार रहेका राजवंशीलाई घर वतनबाटै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।