झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) झापाको आयोजनामा हिजोबाट सुरु भएको बिर्तामोड नगर स्तरिय सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । आज भएको सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तर्फ बिर्तामोड ७ को कन्चन अंग्रेजी स्कुलले प्रथम स्थान हासिल गरेको छ । कन्चनले सांस्कृतिक नृत्यमा प्रथम स्थान हासिल गर्दै मेडल, ट्रफि उचालेको हो ।
त्यस्तै दोस्रो स्थान बिर्तामोड १ को चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल भएको छ । त्यस्तै तेस्रो बिर्तामोड ५मा रहेको न्युटन्स एजुकेशन एकेडेमी भएको छ । बिभिन्न जात जातिको धर्म, संस्कृति, रितिरिवाज तथा भेषभुषालाई जिवन्त राख्ने हिसाबले आयोजना गरिएको सस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने तीनै विद्यालयलाई मेडल, ट्रफि र प्रमाणपत्र वितरण गरिएको प्याब्सन बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, प्याब्सन नगर अध्यक्ष खरेल, झापा प्याब्सन अध्यक्ष छत्र कार्की, हरिकृष्ण पाठक , जिल्ला सदस्य देबेन्द्र हुमागांई लगायतले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।
कार्यक्रमको सञ्चालन दिपांगकर मैनालीले गरेका थिए । बिर्तामोड १० स्थित बिष्णु भगवती अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा हिजो आईतबारबाट भएको कार्यक्रम आज समापन भएको हो ।
प्याब्सनको बार्षिक क्यालेन्डर अनुसार यो भन्दा पहिले खेल उत्सव २०८२ र ईसिए कार्यक्रम सम्पन्न गरिसकिएको प्याब्सनले जनाएको छ ।









































