झापाकाे बिर्तामाेड ५ मा रहेकाे न्युटन्स एजुकेशन एकेडेमीमा  अध्ययनरत कक्षा ६,  ७ ,८ र ९  का विद्यार्थीहरुले शिबसताक्षि नगरमा रहेकाे   धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गरेका छन् ।

न्युटन्समा अध्ययनरत कक्षा ६,  ७ ,८ र ९  मा उद्घघाेषण, तथा ब्यब्तित्व विकास र टुरिजम क्लबमा आबद्ध विद्यार्थीहरुले  झापाको शिवसताक्षी नगरपालिका–११ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल  सताक्षि धामकाे अवलाेकन गरेका हुन् ।
IMG-20251216-WA0004

विद्यार्थीहरुलाई आफ्नो जिल्लामा रहेका स्थानीय धार्मिक स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले उक्त भ्रमणको आयोजना गरेको बताईएकाे छ ।

पढाइकाे अलवा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई संमलग्न गराउँदै धर्म, संस्कृति, पर्यटन र वातावरण संरक्षणप्रति सचेत तथा जागरुक बनाउने उद्देश्यले शैक्षिक  अवलोकन भ्रमण आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले  जानकारी दिए ।

विद्यार्थीलाई धामको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वबारे जानकारी गराईएकाे थियाे । 

अवलोकन भ्रमणमा करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

बालबालिका तथा शिक्षा सन्चार मन्चका संयाेजक तथा  शिक्षक सरोज पौडेल, बिर्तामोड नगरपालिका–२ का वडा सचिव हिमा खनाल , बिर्तामाेड नगरकाे शिक्षा युवा तथा खेकुद शाखा अधिकृत  जानुका रेग्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाई , विद्यालयकाे निर्देशक आशिस प्रसाईं, शिक्षक पवित्रा पाैडेल प्याब्सन बिर्तामाेड सह काेषाध्यक्ष दिपक चम्लगाँई सहित  सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।