बिर्तामोड, झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले ३२ करोड पाँच लाख रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
२०८१ साउन १ गते ०८२ असार मसान्तसम्मको अवधिमा संस्थाले उक्त मुनाफा आर्जन गरेको छ । अहिलेको राजनीतिक अस्थिरता, सामाजिक मनोबलमा गिरावट र सहकारी प्रतिको धारणा नकारात्मक भइरहेको अवस्थामा पनि सहाराले उक्त मुनाफा कमाउन सफल भएको जनाइएको छ ।

संस्थाले चालू आर्थिक वर्षमा ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको अध्यक्ष हरिबहादुर राजवंशीले जनाएका छन् । संस्थाको २९औं वार्षिक साधारण सभा अन्तर्गत मंगलबार शुरु भएको इकाइ साधारण सभाहरुको सन्दर्भमा अध्यक्ष राजवंशीले संस्थाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै प्रगति विवरण सार्वजनिक गरेका छन् ।

संस्थामा हाल शेयर पुँजी एक अर्ब ६९ करोड ७५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष एक अर्ब ३२ करोड ६८ लाख रहेको छ । त्यस्तै बचत १४ अर्ब १५ करोड ७६ लाख रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको जनाइएको छ । ०८२ असार मसान्तसम्मको संस्थाको वासलास १८ अर्ब ५६ करोड ५८ लाख रहेको छ ।
संस्थामा हाल एक लाख ९२ हजार दुई सय ४० जना शेयर सदस्य रहेका छन् । कोशी प्रदेशका छ जिल्लामा ८० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको सहारा नेपाल साकोसको वित्तीय अवस्था अत्यन्त मजबुत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताएका छन् । गिरीले भने– ‘सहकारी प्रतिको नकारात्मक धारणाका बीच पनि सहाराले हासिल गरेको सफलताले मुलुकको सहकारी अभियानको विरासत जोगाउनमा टेवा पुगेको छ ।’

प्रमुख कार्यकारी अधिकृत गिरीका अनुसार संस्थाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रतिव्यक्ति बचत रु. तीन लाखभन्दा कम करिब ९८ प्रतिशत र २५ लाखसम्मको ऋण पनि करिब ९५ प्रतिशत रहेको छ ।

संस्थाले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउने सोच अनुरुप ०८५ सम्ममा २५ अर्बको वासलास बनाउने लक्ष्य समेत तय गरेको छ । संस्थाले ०८३ असार मसान्तभित्रमा दुई लाख २५ हजार शेयर सदस्य पु¥याउने २० अर्बको वासलात बनाउने र ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१÷०८२ मा विभिन्न शिर्षकमा ११ करोड ३६ लाख ५५ हजार दुई ८७ रुपैयाँ कर तिरेर देश विकासमा भूमिका खेलेको जनाइएको छ । त्यस्तै संस्थाका सदस्यहरुको सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधा कार्यक्रममा संस्थाले २६ करोड १७ लाख ६३ हजार एक सय ६८ रुपैयाँ खर्च गरेको छ । आठ हजार छ सय ८५ जना सदस्यलाई उक्त सुविधा प्रदान गरिएको जनाइएको छ ।

संस्थाले २९औंक वार्षिक साधारणसभाको अन्तिम माइनुट प्रमाणित भेला पुस २१ गते सोमबार गर्ने जनाएको छ । प्रदेश सहकारी रजिष्टूारकोे कार्यालय इनरुवाको निर्देशन बमोजिम ७ वटा एकाई अन्तरगत ८६ स्थानमा उप(एकाई भेला पौस १ गते देखि १२ गते सम्म सम्पन्न गर्दै प्रतिनिधिमुलक ढंगबाट सदस्यहरुलाई अन्तिम माइनटप्रमाणिकरण सभामा सहभागिता गराईने जनाइएको छ ।
सहाराको संचालक समिति र लेखा सुपरिबेक्षण समितिको आगामी ४ बर्षे कार्यकालको लागि यसै साधारण सभाले २०८३ जेष्ठ १४ गते देखि निर्वाचन प्रकृया शुरुवात गर्ने निर्णय गर्ने बताइएको छ ।
संस्थाले आर्थिक वर्ष ०८२÷०८३ का लागि ३१ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको जनाइएको छ ।

मुख्य कार्यक्रमहरु यस्ता छन् : 

– संस्थाले सदस्यहरुलाई उद्यमशिलता बिकास गरि रोजगारी श्रृजना गराउन एग्री बिजनेस यूनिट स्थापना गरि सेवा प्रदान गरिरहेकोछ ।

– संस्थाले यस बर्ष देखि वातवरणमैत्री तथा शुन्य कार्वन उत्सर्जनन लागि महत्वपूर्ण कार्यहरु गर्नेछ ।

– शेयर सदस्यहरुको घरमा मरिमराउमा समबेदना लैजादा अब देखि फोटोफ्रेमको सट्टा पहाडे कागजमा समवेदना बनाई लगिनेछ । साथै मृतकको नाममा एउटा बिरुवा उपलब्ध गराईने वा सामुहिक बृक्षारोपण गरिनेछ ।

– यो संस्थाको लोकप्रिय स्वास्थय कार्यक्रमलाई बिपन्न बर्गसम्म पुर्याउन बिशेष स्वास्थ्य कार्यक्रम लागु गरिनेछ ।

– यो संस्थामा यूवा सदस्यहरुलाई आवद्धता गराउदै यूवा उद्यमसँग जोडदैक्त्ब्च्त् ग्एकोष मार्फत सहुलियत कर्जा उपलब्ध गराईनेछ । साथै युवा सदस्यहरुलाई लोकसेवा परिक्षा तयारी कक्षा समेत संचालन गर्ने ।

– यस संस्थाले सदस्यहरुलाई क्रमश : प्रविधि मैत्री बनाउदै लैजाने सोच राखेको छ । जस अन्तरगत सहारा स्मार्ट एप्स, क्यूआर, एटिम, एस.एम.एस, उपलब्ध गराउदै आइरहेकोमा यस बर्ष देखि कृति बुद्धिमता (ब्क्ष्) प्रबिधिको समेत प्रयोग गरि सेवा प्रदान गर्ने सोच राखेकोछ ।

– यो बर्ष भौतिक पूर्वाधार अन्तरगत बिर्तामोड २ चारपानेमा रहेको जग्गाामा शैक्षिक तालिम केन्द्र र शिब(शताक्षी दोमुखामा रहेको जग्गामा कृषि स्रोतकेन्द्र निर्माण थालनी गर्ने ।

– यो संस्थाले ०८२/०८३ आषाढ मसान्त भित्रमा २ लाख २५ हजार सदस्य र २० अर्बको वासलात बनाउदै ४२ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।