झापाकाे बिर्तामाेडमा गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२  भव्यताका साथ मनाइने भएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डाेमलाल राजवंशी रंगशालामा 

 तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने बिर्तामाेड ३ मा रहेकाे  तमु संग्रहालयमा आज आयोजित पत्रकार सम्मेलनमा जमनकारी दिइएकाे हाे । 

परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले यस वर्ष चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउन लागिएको जानकारी दिए ।  

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने जनाईएकाे छ । 

परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताए । 

 सोही अनुरूप तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा स्थापित भई सबैले मनाउन थालिसकेको उनले उल्लेख गरे । 

 बहुजाति, बहुभाषाभाषी, बहुधार्मिक, संस्कार, संस्कृति तथा रीतिथितिको विविधता भएको नेपाली समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले मद्दत पुगोस् भन्ने मूल उद्देश्य रहेको परिषद्का झापा अध्यक्ष जगतमान गुरुङकाे भनाई छ । 

तमु ल्होसार–२०८२ का परिषद्का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भागिमान गुरुङले ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा आठ हजार भन्दा बढी मानिसको सहभागिता रहने जनाईएकाे छ । 

कार्यक्रममा गुरुङ समुदायको विशेष परिकारका साथै राष्ट्रियस्तरका कलाकारहरूबाट सांगीतिक कार्यक्रम, छेलो हान्ने, डोरी तान्ने लगायतका खेलकुदका कार्यक्रम हुने बताईएकाे छ ।  

तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो । तमु ल्होसार प्रत्येक वर्ष निश्चित दिन अर्थात पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता छ ।